
कुशल र दीपेन्द्रको उत्कृष्ट प्रदर्शनसँगै नेपाललाई एकदिवसीय सिरिज
नेपाल-जिम्बाबे 'ए' बीचको खेलमा डेब्यूम्यान किशोरले लिए ५ विकेट
काठमाडौं– नेपालले जिम्बाबे ए विरुद्धको एकदिवसिय सिरिजको उपाधि हात पारेको छ । राजधानीको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेपालले ६ विकेटले जित हात पारेको हो ।
वर्षाका कारण ३३ ओभरमा घटाइएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको जिम्बाबे ए ले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।
२१४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट सुरुवात गर्दै मजबुद अवस्थाका साथ विस्फोटक सुरुवात गरेका थिए । नेपालले उक्त लक्ष्य ३०.१ ओभरमा पूरा गरेको थियो ।
पहिलोविकेटका लागि ७३ रनका साझेदारी गरेका ओपनरद्वयमध्ये आशिफ २९ रन बनाउँदै आउट भए । त्यसपछि मैदान आएका सुनील धमला ६ रनमा आउट भएका थिए । शतकनजिक पुगेका भुर्तेल ८४ रन बनाउँदा माभुताको बलमा क्याचआउट हुँदा नेपालले २०.३ ओभरमा १३० रन बनाएको थियो ।
त्यसपछि ब्याटिङका लागि आएका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेल्दै नेपाललाई जित दिलाएका थिए । उनले अर्धसतकसहित ४३ बलमा ६० रन बनाएका थिए । भुर्तेल आउट भएपछि मैदान आएका रोहित पौडेल पहिलो बलमै मभुताको एलबीडब्लूमा परेपछि विनोद भण्डारी मैदानमा आए ।
त्यसपछि भण्डारी र ऐरीले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिततर्फ लम्क्याए । भण्डारीले २६ बलमा नटआउट २८ रन बनाए ।
जिम्बाबेका लागि ब्रान्डन मभुताले ३ विकेट हात पारे भने ब्राड इभान्सले १ विकेट लिएका थिए ।
त्यसअघि नेपालका डेब्यूम्यान किशोर महतोको उत्कृष्ट प्रदर्शनसँगै नेपालले जिम्बाबे ए लाई २१३ रनमा अलआउट गरेको थियो ।
नेपालका लागि डेब्यू म्यान किशोर महतोले ५ विकेट लिएका थिए ।
विस्फोटक सुरुवात गरेको जिम्बाबेलाई रोक्न नेपाललाई ज्यादै गाह्रो भएको थियो । नेपालका लागि महतो बाहेक अन्य बलर खासै प्रभावशाली बन्न नसकेको आजको खेलमा कप्तान सन्दीप लामिछाने सर्वाधिक असफल बने । उनले ६ ओभरमा ५६ रन दिएर कुनै विकेट लिन सकेनन् ।
नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।
त्यस्नै नेपालका लागि बसिर अहमदले २ ओभरमा ११ रन दिँदै कुनै विकेट लिएनन् ।
जिम्बाबेका लागि इन्सोसेन्ट ले १२ रन बनाए । त्यस्तै टाडिवान्शे मौरमानीले अर्धशतकीय योगदान गर्दा कुद्जाई मौनजे र रोय काजाले क्रमशः ३९ र ३६ रन बनाए ।
त्यस्तै जोनाथन क्याम्पबेल ३ रनमा आउट हुँदा सेफास गुवाउले १६ रन बनाए । त्यस्तै टोनी मुन्योन्गाले २४ रन बनाए भने लुके जोङ्वेले १९ रन बनाए । ब्राड इभान्सले ६ रन बनाउँदा ब्रान्डन मभुता ६ रनमा आउट भए । त्यस्तै भिक्टर न्युची बिना रन नटआउट रहे ।
अब केही बेरमा नेपालले ब्याटिङ सुरु गर्नेछ ।
मौसमको खराबीका कारण ढिलो सुरु भएको अन्तिम खेललाई ३३ ओभरमा झारिएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।
यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।



कागजपत्र |
