नेपालको शानदार जित, जिम्बाबे ९ विकेटले पराजित


काठमाडौं – नेपालले जिम्बाबेविरुद्धको दोस्रो एकदिवसीय खेलमा शानदार जित हात पारेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिभुनव विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जिम्बाबेलाई ९ विकेटले पराजित गरेको हो ।

नेपालका लागि ओपनरद्वय आशिफ शेख र सुनिल धमलाले उत्कृष्ट खेल खेल्दै नेपाललाई जित दिलाएका हुन् । शेख ३४ रनमा अविजित रहे भने धमला ३८ रन बनाउँदै आउट भए । धमला आउट भएपछि मैदानमा आएका विनोद भण्डारीले ४ रन बनाए । ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा हात पारेको हो ।

जिम्बाबेका लागि ब्राडनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाबेले ३१.५ ओभरमा ८७ रन बनाउँदा सबै विकेट बनायो ।

नेपाललका लागि करण केसी र सोमपाल कामीको उत्कृष्ट सुरुवातसँगै जिम्बाबेलाई ३१।५ ओभरमा ८७ रनमा अलआउट गरेको हो ।

नेपालका लागि केसी र कामीले समान ३र३ विकेट लिए । त्यस्तै नेपालका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए भने सागर ढकालले १ विकेट लिए भने जिम्बाबेका एक खेलाडी रनआउट भएका थिए । केसीले ८ ओभरमा ३ मेडन राख्दै १७ रन खर्चिएर ३ विकेट लिएका थिए ।

त्यस्तै सोमपाल कामीले ७ ओभरमा १६ रन खर्चिएर ३ विकेट हात पारे । कप्तान लामिछानेले ८।५ ओभरमा १ मेडन राखेर २६ रन खर्चिएर २ विकेट हात पारेका थिए भने ढकालले ८ ओभरमा २७ रन खर्चिएर १ विकेट हात पारे ।

इनिङको पहिलो बलमै करण केसीले विकेट लिएपछि सम्हालिएर खेल्न नसकेको जिम्बाबेले कुनै पनि समय खुलेर खेल्न सकेको थिएन ।

जिम्बाबेका लागि जोनाथन क्याम्बेलले २७ रन बनाए भने ब्राड इभान्सले अविजित २० रन बनाए । त्यस्तै सेफ्स जुहाउले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन् ।

नेपालले ५० ओभरमा ८८ रनको लक्ष्यसहित केही बेरमा ब्याटिङ सुरु गर्ने भएको छ ।

यसअघि पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बाबेसँग ३ विकेटले पराजित भएको थियो ।

तीन एकदिवसीय सिरिजमा नेपाल र जिम्बाबे १-१ काे अवस्थामा रहेका छन् ।

प्रतिक्रिया