नेपालद्वारा जिम्बाबे ‘ए’लाई १३७ लक्ष्य प्रस्तुत


काठमाडौं – एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई एक सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर एक सय ३६ रनको योगफल खडा गर्यो ।

नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे ।

यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे ।

यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अब केही बेरमा जिम्बाबेले ब्याटिङ सुरु गर्नेछ ।

प्रतिक्रिया