एकैदिन १४ सय बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


काठमाडौं – नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ बढेको छ। साताको पाँचौं दिन आज एकैदिन बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया