कांग्रेस सभापति देउवा विराटनगरमा


विराटनगर – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विराटनगर पुगेका छन्। विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री देउवा विराटनगर आएका हुन् ।

कांग्रेसले आजदेखि स्थानीय चुनाव केन्द्रित सभाहरू सुरू गरेको छ । विराटनगरबाट सुरू भएको सभा वैशाख २७ मा डडेल्धुरा पुगेर सकिनेछ।

आज विराटनगरमा नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

विराटनगर महानगरमा सत्तागठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्।

प्रधानमन्त्री देउवा भोलि चितवनमा हुने चुनावी सभामा सहभागी हुनेछन्।

प्रतिक्रिया