नेपाल जिम्बावे ‘ए’ सँग पराजित


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम जिम्बावे ‘ए’ सँग पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे। मुरूमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे। त्यसअघि ओपर इनोसेन्ट काइयाले ३० बलमा ४७ रन जोडे।

बलिङमा नेपालका डेब्यू खेलाडी बसिर अहमेदले २ विकेट लिए।  करण केसी र सन्दीप लामिछानेले १÷१ विकेट हात पारे।

त्यसअघि जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोड्यो।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ४७ रन जोडे। त्यस्तै ओपनर कुशल भुर्तेलले ४६ रन जोडे। आसिफ शेख ९ रनमा आउट भए।

रोहित कुमार पौडेलले २६ बलमा ३६ रन र दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि १३ रनमा २८ रनको योगदान दिए। आरिफ शेख भने २ रनमै आउट भए। करण केसी ४ रनमा नटआउट रहे।

बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १÷१ विकेट लिए।

दोस्रो टी–२० भोलि मा र तेस्रो टी–२० वैशाख २१ मा हुनेछ। एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।

प्रतिक्रिया