नेपाल–जिम्बाबे टी–२०ः पहिले नेपालले ब्याटिङ गर्दै


काठमाडौं – नेपाल र जिम्बावे ‘ए’ बीचको टी–२० र एकदिवसीय सिरिज आजबाट सुरू हुँदैछ। सिरिजमा पहिले टी–२० खेलहरू हुँदैछ।

त्रिवि मैदानमा केहीबेरमा हुने पहिलो टी–२० मा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। यसअघि शनिबारका तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण स्थगित भएको थियो। एकदिवसीय खेल प्रभावित भएपछि पहिले टी–२० सिरिज हुन लागेको हो।

दोस्रो टी–२० वैशाख १९ मा र तेस्रो टी–२० वैशाख २१ मा हुनेछ। एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग(२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न लागेको हो।

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनास बोहरा, सागर ढकाल, सहाब अलाम, किशोर महतो, विवेक यादव, बासिर अहमेद, लोकेश बम, भीम सार्की

प्रतिक्रिया