आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो भएः नेपाल


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड—नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूहरु वास्तविक नेकपा भएको जिकिर गरेका छन् ।

अध्यक्ष नेपालले जनता समाजवादी पार्टीद्वारा मंगलबार बानेश्वरमा आयोजित अन्तरक्रियामा आफूहरु नै वास्तविक नेकपा भएको र प्रधानमन्त्री ओलीसँग सम्बन्धितहरु ओली गुट भएका बताएका छन् ।

अन्तर्क्रियामा गुट अध्यक्ष नेपालले निरंकुश शैलीले अगाडि बढेपछि प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गरेको समेत बताए। उक्त अवसरमा नेपालले ओलीको कसैलाई माया छ भने, नेकपा ओली गुट भन्न सुझाएका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले बोल्ने क्रममा नेकपा प्रचण्ड नेपाल पक्षका नेता माधव नेपाल भनेपछि उनले आफूहरू नै नेकपा भएको र ओली नेकपा ओली गुटको भएको बताएका छन्।

प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको उनले बताए। उनले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भएको पनि बताएका थिए।

प्रतिक्रिया