ओखलढुंगामा ५९ जनाको उम्मेदवारी फिर्ता


ओखलढुंगा – ओखलढुंगाका ५९ जना स्वतन्त्र र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आठवटा स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका ५९ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।

जिल्लाको एकमात्र सिद्धिचरण नगरपालिकाको मेयरका बागी उम्मेदवार सिताराम गुरुगसहित खिजीदेम्बा र लिखु पालिकाका बागी उम्मेदवारले भने आफ्नो उम्मेदवारी कायमै राखेका छन् । गुरुगले एमालेकातर्फबाट बागी उम्मेदवारी दिएका थिए ।

सिद्धिचरण नगरपालिकामा एमालेले इच्छाकुमारी गुरुगलाई टिकट दिएपछि जिल्लाका पुराना र इमान्दार भनेर चिनिएका सितारामले बागी उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा दुई पालिका प्रमुख, तीन उप–प्रमुख, २५ वडा अध्यक्ष, २१ जना खुल्ला सदस्य, ४ जना महिला सदस्य र ४ जना दलित महिला सदस्य छन् ।

प्रतिक्रिया