१९ औ एशियन गेम्सको लागि बक्सिङ्ग खेलाडी छनौट शुरु


काठमाडाैं – नेपाल बक्सिंग संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गईरहेको १९ औ एशियन गेम्सका लागि यहि अप्रिल २७ देखि अप्रिल ३० तारिख सम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ्ग छनौट खेल शुरु गरेको छ ।

आज भएको प्रारम्भिक छनौट खेलमा फ्लाई वैट ५१ किलो महिला तर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ्गले नेपाल बक्सिंग क्लबका दीवाना शेर्मालाई नक आउटको आधारमा पराजित गरिन । त्यसै गरी सोहि तौल समुहमा आर्मीकै ललिता महर्जनले एपिएफका निता गोसाईलाई अंकको आधारमा पराजित गरिन ।

फ्लाई वैट तौल समुहमा भएको अर्को खेलमा नेपाल प्रहरीका रिता धरलाले बाग्मती प्रदेशका देनिका राईलाई अंकको आधारमा पराजित गरिन भने सोहि तौल समुहमा बाग्मती प्रदेशका सुस्मा तामाङ्गले बाग्मती प्रदेश ए कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गरिन् ।

त्यसै गरी महिला वैन्टम वैट तौल समुहमा बाग्मती प्रदेशका हेमा राई ले बागमती प्रदेश ए कै स्वस्तिका लाई स्पिलट डिसिजनका आधारमा पराजित गरिन् । पुरुषका खेलहरु सञ्चालन भईरहेको छन् ।

प्रतिक्रिया