बेलायतले युक्रेनमा अर्को हप्ता दूतावास पुनः सञ्चालन गर्ने


काठमाडाैं – बेलायतले युक्रेनमा आफ्नो दूतावास पुनः सञ्चालन गर्ने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि बन्द गरिएको दूतावास अर्को हप्तादेखि फेरि सञ्चालनमा ल्याइने भएको हो ।

​युक्रेनको राजधानी किभमा दूतावास पुनः सञ्चालन गर्न गृहकार्य भइरहेको प्रधानमन्त्री बोरिस जोनसनले जानकारी दिएका छन् । हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री जोनसनले शुक्रबार भने, ‘हामी अति चाडै नै सम्भवतः अर्को हप्ता नै किभमा बेलायतको दुतावास पुनः सञ्चालन गर्ने तयारीमा छौँ ।’

उनी दुई दिने भ्रमणका लागि बिहीबार भारत आएका हुन् । किभमा दूतावास खोल्नका लागि बेलायतबाट कुटनीतिज्ञहरू त्यस तर्फ गइसकेको पनि उनले जानकारी दिए । यसअघि गम्भीर सुरक्षा चुनौती रहेकाले आफूहरू किभमा बस्न नसक्ने भन्दै बेलायती कुटनीतिज्ञहरूले दूतावास नै बन्द गरेर स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया