काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा गरेकी सुनिताले सार्वजनिक गरिन् ८ खम्बे विकास मोडेल


काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी सुनिता डंगोलले ८ खम्बे विकास मोडेल सार्वजनिक गरेकी छन् । आगामी चुनावका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै डंगोलले ८ खम्बे विकास मोडेल सार्वजनिक गरेकी हुन् ।

उनको आठ खम्बे विकास मोडेलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीरुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डिभेलप्मेन्ट रहेका छन् ।

त्यस्तै डंगोलले काठमाडौंको विकासका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनासमेत सार्वजनिक गरेकी छिन् । उनका योजनामा काठमाडौं महानगरपालिकाका विभिन्न स्थानहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्नेदेखि आवश्यक पूर्वाधार मर्मत सम्भारका लागि र्‍यापिड टास्क फोर्स गठन गर्नेसम्म रहेका छन् ।

त्यस्तै काठमाडौंलाई २४सै घण्टा खुला राखी जीवन्त सहरका रूपमा विकास गरिने पनि उनको प्रतिबद्धता रहेको छ । त्यस्तै ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वार्षिक ३० हजार रुपैयाँ महानगरले दिने व्यवस्था मिलाउने पनि डंगोलको योजना छ ।

प्रतिबद्धतापत्रको पूर्णपाठः

Manifesto_sunita

प्रतिक्रिया