नवलपरासीमा बस र ट्रक ठोक्किँदा २६ जना घाइते


काठमाडौं – पूर्वी नवलपरासीको दाउन्नेदेवी मन्दिरनजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्व आउँदै गरेको लु‍१ख ७८५९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको लु२ख ८४० नम्बरको ट्रक एक आपसमा ठोकिएका हुन् ।

विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरनजिकै आज बिहान भएको दुर्घटनामा बस चालकसहित २६ जना घाइते भएका हुन्।

घाइतेहरूमध्ये १० जनाको चितवनको पुरानो मेडिकल कलेजमा र बाँकी १६ जनाको मध्य बिन्दु जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया