झापा खेलकुद विकास समितिको अध्यक्षमा भण्डारी


सुरुङ्गा (झापा) – झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भेषराज भण्डारी (प्रशान्त) मनोनित भएको छ । प्रदेश नं १ को सरकारले सामाजिक विकास मन्त्रालयले भण्डारीलाई अध्यक्षमा मनोनयन गरेको छ ।

अर्जुनधारा नगरपालिका-५ स्थायी घर भएका भण्डारी खेलकुद क्षेत्रसँगै सामाजिक गतिविधिमा सक्रिय थिए। करातेको अन्तर्राष्ट्रिय रेफ्री भएका भण्डारीलाई चारवर्षे कार्यकालका लागि अध्यक्षमा मनोनयन गरिएको हो ।

प्रदेश खेलकुद ऐन, २०७६ को दफा १६ को उपदाफा २ को खण्ड ‘क’ बमोजिम भण्डारीलाई अध्यक्ष पदमा मनोनयन गरिएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिए ।

नेपाली कांग्रेस अर्जुनधारा नगरपालिकाको उपसभापतिसमेत भएका भण्डारी झापा जिल्ला कराते टेक्निकल कमिटीको पूर्वअध्यक्ष, करातेको पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हुन्छ ।

योसँगै उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ को केन्द्रीय सदस्य तथा वीरता जेसीजको पूर्वअध्यक्ष, नेपाल जेसीजको पूर्वराष्ट्रिय उपाध्यक्ष, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको निर्वतमान अध्यक्ष थिए ।

प्रतिक्रिया