कुँवरलाई खटाएको ठाउँमा जान कामु प्रधानन्यायाधीश कार्कीको तीन दिने पूर्जी


काठमाडौं – कायममुकायम प्रधानन्यायाधीश दिपक कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई खटाएको ठाउँमा तीन दिनभित्र जान पुर्जी काटेका छन् ।

पाटन उच्च अदालतको न्यायाधीशमा सरुवा भएका कुँवरले हालको भन्दा तलको पद भन्दै पाटन जान अस्वीकार गरेका थिए । त्यसपछि कामु प्रधानन्यायाधीश कार्कीले पुर्जी काटेका हुन् ।

कार्कीको अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले कुँवरलाई न्यायाधीशमा सरुवा गर्ने निर्णय गरेको थियो । तर, कुँवरले भने उच्च अदालतको मुख्य न्यायाधीश बनाउनुपर्ने अडान राखेका थिए ।

मुख्यसचिव सरहको मुख्य रजिष्ट्रारलाई उच्चको मुख्य न्यायाधीश बनाउने चलन छ । त्यसो नहुँदा विगतमा पनि मुख्य रजिष्ट्रारले न्यायाधीश बन्न नचाहेको नजिर छन् ।

प्रतिक्रिया