मेगा बैंकको सीईओ अनुपमा खुँञ्जेलीले दिइन् राजीनामा


काठमाडौं – मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट अनुपमा खुँञ्जेलीले राजीनामा दिएकी छन्।

खुँञ्जेलीले कार्यकाल सकिन केही दिन बाँकी छँदै सञ्चालक समितिसमक्ष राजीनामा बुझाएकी हुन्। उनको ४ वर्षे कार्यकाल चैत २९ गते सकिँदै थियो।

२०७४ चैत ३० गते मेगा बैंकको सीईओ पदमा नियुक्त भएकी खुँञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ हुन्।

प्रतिक्रिया