राजनीतिक दल र परराष्ट्र सेवाबाट २० देशका लागि राजदूत सिफारिस


काठमाडौं – नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले एकै पटक विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार १२ जना राजनीतिक दल र ८ जना परराष्ट्र सेवाबाट राजदूतमा सिफारिस भएका छन् । त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी राजदूत सिफारिस भएका छन् । उनी जापानको लागि सिफारिस भएका हुन् ।

यस्तै निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी पनि परराष्ट्र सेवाबाटै राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।

यसैगरी चीनको राजदूतमा विष्णुपुकार श्रेष्ठ सिफारिस भएका छन् । यस्तै नवराज सुवेदी, रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल, कैलाश पोखरेल, मिलन तुलाधर, शर्मिला पराजुली, वासुदेव मिश्र, दानबहादुर तामाङ, ज्योति प्याकुरेल, कान्ता रिजाल र डिल्लीराज पौडेल सिफारिस भएका छन् ।

प्रतिक्रिया