सामान्य प्रशासन मन्त्री श्रेष्ठ सवार गाडीले ठक्कर दिँदा मोटरसाईल चालकको खुट्टा भाँच्चियो


काठमाडौं  – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ सवार गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको खुट्टा भाँच्चिएको छ ।

काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको बा २ झ ४१२९ गाडीले विपरीत दिसा (खुर्कोटबाट काठमाडौँ)बाट आउँदै गरेका दोलखा वैतेश्वर गाउँपालिका वडा नं। ८ बस्ने वर्ष २५ का कृष्ण प्रसाद दाहालले चलाएको बागमती प्रदेश ०२८ प ९२८६ नम्बरको मोटरलाईकललाई सुनकोसी –६ घुमाउने चैनपुर नजिकैको बिपी राजमार्गमा बुधवार बिहान ८ः४० बजे ठक्कर दिएको थियो ।

हात र खुट्टामा चोट लागेका कृष्ण प्रसादलाई तत्काल थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । उनको बायाँ खुट्टा भाँचिएको र अहिले उपचार भइरहेको जनाईको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया