सरकारले पुँजीगत खर्च गर्न सकेन : रामशरण महत


काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका छन् ।  उनले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताए ।

अनपयुक्त रुपमा नेपालमा बजेट धेरै ठुलो घोषणा गर्ने काम भएको भन्दै उनले आपत्ति जनाए । वर्तमान आर्थिक वर्षमा १६ खर्बको बजेट रहेको र गएको ७ महिनाको रिपोर्ट हेर्दा जम्मा ५ खर्बमात्रै खर्च भएको तथ्यांक रहेको उनले बताए ।

महतले विदेशी मुद्राको सञ्चिति र रेमिट्यान्स पनि कम भएको र विकास आयोजनाहरुको सही तवरले कार्यान्वयन हुनुपर्नेमा जोड दिए । आर्थिक विकासका लागि आर्थिक वृद्धिदर बढाउनुपर्ने उनले बताए ।

उनले नेपालको तुलनात्मक फाइदालाई उपयोग गर्नसक्ने कुरा धेरै रहेको स्मरण गराए ।

प्रतिक्रिया