

प्रदेश १ खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा वाग्ले नियुक्त

विराटनगर – प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्त गरेको छ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्षमा मोरङको विराटनगरकी जीना कार्की र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गरेको प्रदेश १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले कारण बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यस्तै, मन्त्री घिमिरेका अनुसार बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा तोक्ने निर्णय समेत गरेको छ।

