आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार ?


काठमाडौं – नेपालमा सोमबार सुन-चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १३ सय पचास रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

आइतबारको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया