

संसद विघटन गर्ने प्रधानमन्त्री इमरान खानको सिफारिस राष्ट्रपतिद्वारा स्वीकृत

काठमाडौं – प्रधानमन्त्री इमरान खानको सिफारिसमा पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले त्यहाँको संसद विघटन गरेका छन्। राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
‘पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले पाकिस्तान गणराज्यको संविधानको धारा ४८ (१) बमोजिम नेशनल एसेम्बली भंग गर्ने प्रधानमन्त्री इमरान खानको सिफारिस स्वीकृत गरेका छन्,’ राष्ट्रपतिको सचिवालयले भनेको छ।
यसअघि प्रधानमन्त्री खानले राष्ट्रका नाममा सम्बोधन गर्दै संसद भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी गराएका थिए। यसअघि आजै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको थियो। संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज गरिदिएका थिए।
संसदको आइतबारको बैठकको अध्यक्षता गरेका उपसभामुख सुरीले अविश्वास प्रस्ताव नै संविधानविपरीत रहेको जिकिर गर्दै खारेज गरेका हुन्। अविस्वासको प्रस्तावलाई संसदले खारेज गरे लगत्तै राष्ट्रका नाममा संवोधन गर्दै इमरानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका छन् ।
विपक्षीहरुले ल्याएको अविस्वास प्रस्तावको पक्षमा सत्ता गठबन्धनका दल नै लागेपछि प्रधानमन्त्री खानको सत्ता संकटमा परेको थियो ।उनी अल्पमतमा परेका थिए ।अल्पमतमा परे पनि राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताउँदै आएका उनले संसदमा अविश्वास प्रस्तावमा भोटिङ्ग हुन नै नदिएनन् । संसदले अविस्वास प्रस्ताव खारेज गर्यो भने लगत्तै इमरनाले संसद विघटन गरे ।

