पश्चिम सेती निर्माणको माग गर्दै प्रधानमन्त्री देउवालाई पत्र


काठमाडाैं – पश्चिम सेती जलविद्युत् परियोजना यथाशीघ्र निर्माणको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई १ लाख पत्र बुझाइएको छ ।

कैलालीको धनगढीस्थित बोलन्या थलीले ३३ महिना लगाएर सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट संकलन गरेका पत्र बिहीवार प्रधानमन्त्री देउवालाई बुझाइएको छ ।

प्रधानमन्त्री देउवाको शुक्रवारबाट हुने भारत भ्रमणको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय लगानी खोज्न आग्रह गर्दै पत्र बुझाइएको थलीका संयोजक यादव जोशीले जानकारी दिए ।

पत्र बुझेपछि प्रधानमन्त्री देउवाले पश्चिम सेती निर्माणका लागि दबाब अभियानलाई धन्यवाद दिँदै आफ्नै पालामा परियोजना बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया