
युक्रेनबाट १० बंगलादेशी नागरिकको भारतद्वारा उद्धार
नयाँदिल्ली – भारतले रुसी आक्रमणको चपेटामा परेको युक्रेनबाट १० बंगालादेशी नागरिकलाई पनि उद्धार गरेको छ। अपरेशन गंगाको नामबाट भारतले युक्रेनबाट आफ्ना नागरिकको उद्धार थालेको थियो ।
यस क्रममा बंगलादेशका १० नागरिकको पनि उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई पूर्वी युक्रेनको सुमी क्षेत्रबाट उद्धार गरिएको बताइएको छ ।
तीमध्ये ९ बंगलादेशीलाई मार्च ९ को उडानद्वारा उद्धार गरिएका थियो भने अर्का बंगलादेशीलाई मार्च ४ मा उद्धार गरिएको थियो । आफ्ना नागरिकको उद्धार गरेकोमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छिन् ।
रुसको राजधानी मस्को र नयाँ दिल्लीमा रहेका बंगलादेशी नियोगले भारतसँग आफ्ना नागरिकको पनि उद्धार गरिदिन आग्रह गरेपछि भारतले आग्रह स्वीकार गर्दै उनीहरुको उद्धार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतले आफ्ना नागरिकसँगै बंगलादेश, नेपाल र केही पाकिस्तानी नागरिकको पनि उद्धार गरेको छ । केही साताअघि मात्रै एक पाकिस्तानी विद्यार्थीले आफूलाई युक्रेनबाट उद्धार गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएको भिडियो सार्वजनिक भएको थियो । एजेन्सी



कागजपत्र |
