स्थानीय चुनाव हारेमा माओवादी आन्दोलनबाट भएका उपलब्धी गुम्छ : प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० वैशाखमा हुने निर्वाचन हारेमा माओवादी र माओवादी आन्दोलनबाट भएका उपलब्धी गुम्ने बताएका छन् ।

यो चुनाव हारेमा माओवादी र माओवादी आन्दोलनबाट भएका उपलब्धी गुम्ने भन्दै उनले निर्वाचनलाई जित्नैपर्ने ब्याटलको रुपमा लिन कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘यो निर्वाचन हामीले हार्‍यौं भने संविधान हार्नेवाला छ, हामीले हार्‍यौं भने गणतन्त्र हार्ने खतरा छ । जनयुद्धको उपलब्धीले हार्ने खतरा छ’ उनले भने, ‘त्यसकारण हाम्रो निम्ति यो ब्याटल हो, लडाइ हो, हामीले जित्नैपर्छ ।’

उनले कार्यकर्तालाई नसुतेरै भए पनि दुई महिना रात दिन खट्न निर्देशन समेत दिएका छन् । ।

प्रतिक्रिया