होली खेल्ने क्रममा घरकाे छतबाट खसेर एकजना गम्भीर घाइते
काठमाडौं – बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एकजना किशोरी गम्भीर घाइते भएकी छन् ।
घरको दोस्रो तलाबाट खसेर सिन्धुपाल्चोककी विनिता चौलागाईं घाइते भएकी महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ