बसको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु


काठमाडौं  – झापाको कमल गाउँपालिका–५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

लु १ ख ८८३६ नम्बरको बसले अन्दाजी ३२ वर्षीय पुरुष पैदलयात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । उनको उपचारको लागि दमक तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया