
साफ यू–१८ महिला च्याम्पियनसिप : आजकाे उद्घाटन खेलमा नेपाल र भारत भिड्दै
काठमाडौं– साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदैछ। भारतको जमसेदपुरमा हुने यू–१८ महिला साफको उद्घाटन खेलमा नेपाल र भारतबीच भिड्दै छन्। नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ। नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ।
मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ। शीर्ष टोलीले उपाधि जित्नेछ ।



कागजपत्र |
