
पारिजात स्मृति सम्मान घोषणा
काठमाडौं – साहित्यकार पारिजातको ८८औँ जन्मजयन्तीका अवसरमा आज विभिन्न सम्मानको घोषणा गरिएको छ।
पारिजात स्मृति केन्द्रका महासचिव मातृका पोखरेलका अनुसार पारिजात सिर्जन सम्मान–२०७८ कवि विनोदविक्रम केसीलाई, पारिजात बालसाहित्य सम्मान–२०७८ बाट प्रा भिक्टर प्रधानलाई, पारिजात कला सम्मान-२०७८ कलाकार देवेन्द्र थुम्केलीलाई र पारिजात सङ्घर्षशील नारी सम्मान–२०७८ सङ्घर्षशील महिला उमा गुरुङ राईलाई प्रदान गरिने छ ।
यी सम्मान पारिजातको २९औँ स्मृति दिवसका अवसरमा आगामी वैशाख ५ गते प्रदान गरिनेछ । जन्मजयन्तीका अवसरमा आज केन्द्रको कार्यालय म्हेपीमा ‘नेपाली साहित्यमा पारिजात’ विषयक परिसंवाद कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा डा महेश मास्के, अमृता शर्मा र डा विन्दु शर्मा वक्ता थिए ।
उनीहरुले पारिजातका लेखनीमा प्रगतिशीलता र सामाजिक यथार्थको कलात्मक चित्र पाइने बताए । सुकन्या वाइबाको अध्यक्षतामा २०५० सालमा सो केन्द्रको स्थापना भएको थियोे ।



कागजपत्र |
