वसन्तपुरमा कंक्रिट निर्माणको विरोधमा कांग्रेसद्वारा महानगरपालिकाको ध्यानाकर्षण


काठमाडौं – नेपाली कांग्रेस काठमाण्डौ महानगर समितिले बिश्व सम्पदा सुचिमा सुचिकृत काठमाण्डौ दरवार स्क्वार क्षेत्रमा कंक्रिटको संरचना निर्माण कार्य रोक्न माग गर्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । कांग्रेस महानगर सभापति निलकाजि शाक्यको नेतृत्वमा वसन्तपुर क्षेत्रमा कांग्रेसले सांकेतिक विरोध प्रदर्शन पनि गरेको छ ।

राष्ट्रिय झन्डा राख्ने प्रयोजननको लागि भन्दै राता-रात तयार पारेको कंक्रिटको जग निर्माण कार्यको सांकेतिक बिरोधपछि महानगर समितिका उप सभापति एवं कला संस्कृति सम्पदा संरक्षण बिभागका संयोजक सन्त कुमार महर्जनको नेतृत्वमा काठमाण्डौ महानगर पालिकाका कार्यकारी प्रमुखलाई निर्माण कार्य रोक्न पत्र बुझाइएको हो ।

नेपाली कांग्रेस काठमाडौ महानगर समितिका सचिव ‌ई. सुसन वैद्यले काठमाण्डौ महानगरका मेयरले सम्पदा माथि धावा बोलेको यो पहिलो पटक नभएको बताए । रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरबाट शुरु भएको मयेरको कंक्रिट मोह रानीपोखरीलाई पुर्ण रुपमा कंक्रिटको प्रयोग गरी स्विमिङ पुलको रुपमा परिणत गर्ने, पुरातात्विक महत्व बोकेको बाघ दरवारलाई भत्काएर कंक्रिटको आधुनिक भवन बनाउने देखि कमल पोखरी र आज आएर बिश्व सम्पदा सुचिमा सुचिकृत काठमाण्डौ दरवार स्क्वार क्षेत्रमा कंक्रिटको प्रयोग गरी प्राचिन समारक संरक्षण ऐन २०१३ को खुला उल्लघंन गरेको छ, सचिव वैद्यले भने ।

समप्दा संरक्षणको लागि अहोरात्र लागि परेका सम्पदा संरक्षण अभियनताहरुको कारणले मात्र काठमाडौंका सम्पदा संरक्षण भएको पनि उनले बताए । ,बिश्व सम्पदा सुचिमा सुचिकृत काठमाण्डौ दरवार स्क्वार क्षेत्रमा पर्यटकहरु झन्डा हेर्न नभएर नेपालको अभुतपुर्व सैन्दर्यले भरीपुर्ण मुर्त अमुर्त कलाकृर्तिहरु हेर्न आउने भन्दै वैद्यले दरवार स्क्वार क्षेत्रमा राष्ट्रिय झन्डा राखेर नक्कली राष्ट्रवादको आडम्वर गर्नु भन्दा सक्कलि सम्पदाको संरक्षण गर्नुपर्ने बताए । बिरोध कार्यक्रममा काठमाडौं कांग्रेसका नेता राजुराज जोशी पनि सहभागि थिए ।

प्रतिक्रिया