
‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप चैत्र ५बाट
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गरिजा प्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा आगामी चैत ५ र ६ गते ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पिियनसिप २०२२’ काठमाडौंमा हुने भएको छ ।
राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै जीपी फाउण्डेशनले च्याम्पियनसिप दशरथ रंगशाला त्रिपुरेश्वरमा आयोजना गरिने भएको छ । प्रतियोगितामा ७ प्रदेश २ विभागिय टिमका (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल क्रमशः ३–३ जना महिला÷पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी) खेलाडीहरुको सहभागिता रहने भएको छ ।
विजेता खेलाडीले क्रमशः ५००, ३०० र २०० नगद अमेरिकी डलर पुरस्कारका साथै मेडल र प्रमाणपत्र वितरण गर्ने फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका खेलकुद विभाग सह–संयोजक धर्मराज गिरीले गिरिजा प्रसाद कोइराला फाउण्डेशन नाफारहित स्वतन्त्र संस्था भएको जनाउँदै जिपि फाउण्डेशन ७७ जिल्ला र ७ प्रदेशमा रहेको बताए ।
फाउण्डेशनका युवा तथा खेलकुद विभाग बागमति प्रदेश संयोजक तुलसी थापा मगरले नेपाली राजनीतिकका शिखर पुरुष, महानायक, गणतन्त्रका पिता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको स्मरण, योगदान एवम् विचारलाई प्रबद्र्धन गर्ने, अमर बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताईन ।
जीपी कोइराला फाउण्डेशन युवा तथा खेलकुद विभाग बाग्मती प्रदेश समितिको आयोजना तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको हो ।



कागजपत्र |
