हट्यो अनिवार्य पीसीआरको व्यवस्था


काठमाडाैं – सरकारले उपचारका लागि अस्पताल भर्ना हुनुपर्दा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्था हटाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमण देखिन थालेसँगै अस्पतालहरुमा पीसीआर परीक्षणको व्यवस्था हुँदै आएकोमा मन्त्रालयको यो निर्णयसँगै सो व्यवस्था खारेज हुने भएको छ ।

प्रतिक्रिया