यस्ताे रहनेछ आजको मौसम


काठमाडौँ- देशका पहाडी भू-भागमा आज हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ। पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विहान सार्वजनिक बुलेटिनअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेको छ। त्यसैगरी गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को उच्च हिमालीको भू-भागमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रतिक्रिया