सामाजिक सञ्जालमा ‘म्यादी प्रहरी’ भर्नाबारे झूटाे सूचना (विज्ञप्तिसहित)


काठमाडौं – सामाजिक सञ्जालमा म्यादी प्रहरी भर्ना सम्बन्धी भ्रमपूर्ण सूचना फैलिएको पाइएको छ । केही दिनदेखि फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रहरी प्रधान कार्यालयको नाम दुरूपयोग गरी एक लाख १८ हजार म्यादी प्रहरी माग भएको भन्दै भ्रामक सूचना फैलिएको हाे ।

स्थानीय तह निर्वाचन-२०७९ का लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरीका लागि भर्ना खुलेको भन्दै सामाजिक सञ्जालमा नक्कली सूचना राखिएको पाइएकाले यसबाट सतर्क हुन प्रहरीले आग्रह गरेको छ ।

बिहीवार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले हालसम्म आधिकारिक रूपमा म्यादी प्रहरीबारे कुनै पनि सूचना प्रकाशित/प्रसारित नगरिएको जानकारी गराएको छ ।

‘आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चारमाध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ ।

विज्ञप्ति:

प्रतिक्रिया