ओलीलाई प्रदीपको जवाफ– रङ्गले होइन, कर्मले चुनाव जित्न सकिन्छ


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चुनाव रङ्गले जित्ने नभई आफूले गरेको कर्मको आधारमा जनमतबाट जित्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् ।

स्थानीय तह निर्वाचनमा मतपत्र हरियो रङ्गको छाप्ने निर्वाचन आयोगको निर्णयलाई लिएर एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिलाई लिएर ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘चुनाव रङ्गले जितिने होइन, आफूले गरेको कर्मको आधारमा जनताले मत दिएर जित्ने हो । बहुमतको सरकारले विगतमा जनताका लागि के–कति कर्म र्गयो ? फर्केर हेर्नुहोस् । हिजो गरेको कर्मको आधारमा आज र आजको आधारमा भोलिको निर्माण हुन्छ । रोइकराई गरेर जनतामा भ्रम छर्नुको कुनै अर्थ छैन,’ पौडेलले ट्विटरमा लेखेका छन् ।

 

प्रतिक्रिया