तारागाउँको सदस्य सचिवमा लुँइटेल नियुक्त
काठमाडाैं – तारागाउँ विकास समितिको सदस्य सचिवमा नारदकुमार लुइँटेल नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बुधवारको मन्त्रिस्तरीय निर्णयबाट लुइँटेललाई आगामी ४ वर्षको लागि नियुक्त गरेका हुन् ।
सदस्य सचिव नियुक्त भएपछि लुइँटेलले बुधवार नै पदभार ग्रहण गरेका छन् ।
तारागाउँ विकास समितिको यसअघि पनि सदस्यसचिव रहेका लुइँटेलले हायात होटलले मिचेको जग्गा फिर्ता ल्याउन र सरकारको शेयर बढाउनमा लबिइङ गर्दै आएका थिए । लुइँटेलले यसअघि गरेको प्रयासलाई सार्थक बनाउन र सरकारी सम्पत्ति जोगाउन आफ्नो महत्त्वपूर्ण भूमिका हुने पनि बताएका छन् ।