प्रधानसेनापति शर्मा र बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता


काठमाडौं –  प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सलाउदद्धिन नोमन चौधरीबीच आज (बुधबार) भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।

प्रतिक्रिया