मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड


सिन्धुपाल्चोक – मेलम्ची र इन्द्रावती नदीमा गत असार १ र साउन १६ गते आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश सरकारले पहिलो चरणमा चार करोड रूपैयाँ रकम विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत ३१ योजनासहित तत्काल चार करोड रकम स्वीकृत गरेको हो। पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि चार करोड रूपैयाँ तत्काललाई विनियोजन गरे पनि बाँकी सात करोड पनि चालु आर्थिक वर्षमा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए।

मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने दुलालको भनाइ छ।

प्रतिक्रिया