युक्रेन आक्रमणको दशौं दिन: रुसले गर्‍यो दुई शहरमा युद्धविराम


काठमाडौं – युक्रेनमाथि रुसी आक्रमण सुरु भएको दशौं दिन रसियाको रक्षा मन्त्रालयले युक्रेनको दुई शहरमा युद्धविराम घोषणा गरेको छ । दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार विहानदेखि अस्थायी युद्धविराम घोषणा भएको बीबीसीले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले मानवीय सहयोगका लागि युद्धविराम गरेको जनाएको छ । युद्धविरामको समयमा मानिसहरु शहर छोडेर जान सक्ने उसले जनाएको छ ।

बन्दरगाह नजिकैको शहर मरियुपुलमा रसियाले धेरै दिनदेखि आक्रमण जारी राखेको थियो । त्यस्तै भोल्नोभाखामा पनि युद्ध चर्किएको थियो । दुई शहरमा युद्धबिराम भएको युक्रेन पक्षले पनि पुष्टि गरेको छ ।

 

प्रतिक्रिया