चुनावी तालमेलबारे पार्टीले तल्लो तहको रायअनुसार निर्णय लिन्छ : नेता सिंह


काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलबारे पार्टीले सातवटै तहका कार्यसमितिको सल्लाहअनुसार निर्णय लिने बताएका छन्।

काभ्रेको धुलिखेलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी तालमेलबारे निर्णय गर्न सबै तहका कार्यसमितिहरुसँग राय लिइने बताएका हुन्।

उनले १४ औँ महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा उत्पन्न भएको जिकिर गर्दै कांग्रेस एक्लै पनि चुनाव लड्न तयार रहेको बताए। ‘कांग्रेसको भर्खरै महाधिवेशन सम्पन्न भएको छ’, सिंहले भने, ‘पार्टीमा ऊर्जा पैदा भएको छ। ऊर्जाअनुसार कांग्रेस एक्लै लड्नलाई पनि तयार छ।’

उनले प्रतिगमन रोक्न पाँचदलीय गठबन्धन बनेको र गठबन्धन सरकारले संविधानको भावना र मर्मअनुरुप स्थानीय तहको निर्वाचन मिति तोकेको पनि बताए।

प्रतिक्रिया