

रुसी राष्ट्रपति पुटिन र उनका विदेशमन्त्रीमाथि प्रतिबन्ध लगाउने पश्चिमा मुलुकको तयारी

एजेन्सी – पश्चिमा मुलुकले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभारोभमाथि प्रतिबन्धको तयारी गरेका छन्।
युक्रेनमाथि रुसले आक्रमण गरेसँगै त्यसको प्रतिकारको लागि अमेरिका, बेलायत र क्यानडाले राष्ट्रपति तथा विदेशमन्त्रीमाथि प्रतिबन्धको तयारी गरेका हुन्।
शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालयकी प्रवक्ता जेन साकीले अमेरिकाले युरोपेली सहयोगी मुलुकसँग मिलेर पुटिन र लाभारोभमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताएकी हुन्।
यद्यपि युरोपेली संघले लगाउने प्रतिबन्ध यात्रासँग नभई सम्पत्तिसँग सम्बन्धित हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि पुटिन र उनका साथीहरुमाथि प्रतिबन्धको तयारी भइरहेको उल्लेख गरेका छन्।

