बागमती प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीद्वारा राजीनामा


हेटौंडा – नेपाल कम्युनिस्ट पार्टीं (नेकपा) मा केन्द्रीय तहमा देखिएको विवाद प्रदेश तहमा देखिएको छ । यसैबीच बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको जनाइएको छ ।

केन्द्रीय तहमा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षबीचको विवाद प्रदेशतह हुँदै स्थानीय तहसम्म पुग्ने देखिएको छ ।

पौडेलविरुद्धको अविश्वासको प्रस्ताव संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाईमा दर्ता गरिएको जनाइएको छ ।

त्यस्तै बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

प्रतिक्रिया