
सुनको भाउ ८०० रुपैँयाले बढयो, तोलाको कति ?
काठमाडौं – सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज (मंगलबार) ८०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ७०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैँयाले बढेर एक हजार ३१५ रुपैँया पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०८ डलर आसपास कारोबार भइरहेको छ ।



कागजपत्र |
