

झोलामा कृतिम मुटु बोकेर हिड्ने सलवा !

लण्डन(एजेन्सी)– लण्डनमा बस्ने एक महिला अहिले विश्वभर चर्चामा छिन् । इस्ट लण्डन निवासी सलवा हुसैन देशकै एक यस्तो एक्ली महिला हुन्, जसको शरीरमा मुटु छैन । सलवाको मुटु उनको ढाडमा रहेको झोलामा छन् । उनको यो अवस्था देखेर उनको परिवार जहिल्यै चिन्तित बनिरहन्छन् । तर मनबाट मजबुत सलवा जहिल्यै खुशी देखिन्छिन् । सलवालाई केही समय अघि हृदयघात भएको थियो । त्यो समयमा उनी घरमा एक्लै थिइन् । उनले हिम्मत जुटाइन् र आफै गाडी चलाएर छिमेकमा बस्ने पारिवारिक डाक्टरकोमा पुगिन् । त्यसपछि उनको कथा विश्वमाझ मिसाईलको रुपमा छरियो ।
सलवाको लण्डनमा मुटुको ट्रान्सप्लान्ट हुनुपर्ने थियो । तर खराब स्वास्थ्यको कारण यस्तो हुन सकेन । उनको झोलामा अत्याधुनिक डिभाइस छ । जहाँ दुई ब्याट्री छ । त्यो डिभाइसको वजन करिब ७ किलो छ ।
कृतिम मुटुको काम गर्ने यो डिभाइसमा एक इलेक्ट्रिक मोटर र पम्प छ, जो ब्याट्रीको सहयोगले उनको शरीरमा रक्त परिसंचरणका लागि अटेच्ड ट्यूबको माध्यमबाट छातीमा एक प्लास्टिक व्यागमा हावा पठाउँछ ।
उनको पाँच वर्षको उक छोरा र १८ महिनाकी एक छोरी छिन् । सेल्वा भन्छिन्, ‘म यो सर्जरी हुनुभन्दा अघि र त्यसपछि निकै बिरामी थिएँ । मलाई ठिक हुन निकै लामो समय लाग्यो ।’
डिभाइसकै कारण उनको ज्यान बचेको छ । यसको कमजोरी पनि निकै ठूलो छ । लण्डनमा भएको सर्जरीमा डिभाइसको ब्याट्री सकिएपछि त्यसलाई परिवर्तन गर्न जम्मा ९० सेकेण्डको मात्र समय हुन्छ ।

