
आईसीसी टी–२० विश्वकप छनोटः नेपालले क्यानडाविरूद्ध बलिङ गर्दै
काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानाडाले टस जितेर ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानाडाको टस जितेर पहिले ब्याटिङ गर्ने निर्णयसँगै नेपालले बलिङ गर्ने भएको छ ।
विश्वकप छनोट अन्तर्गत नेपालले क्यानाडाविरुद्धको जित हात पार्दै सेमिफाइनलको यात्रा तय गर्ने योजनामा रहेको छ ।
यता क्यानाडा पनि नेपाललाई पराजित गरेर अन्तिम चारको सम्भावना कायमै राख्न चाहन्छ ।
प्रतियोगिता अन्तर्गत नेपालले यस अघि आयोजक ओमान र फिलिपिन्स र क्यानडा ओमानसँग पराजित भएको थियो भने फिलिपिन्सलाई भन पराजित गरेको थियो । अहिलेसम्म नेपाल समूहको शीर्षस्थानमा रहेको छ ।



कागजपत्र |
