

प्रतिनिधिसभाको कार्यसूचीमा राखियो एमसीसी

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता प्रतिनिधिसभाको बैठकमा टेबल हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।
कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको छ ।

