

सभामुख सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक सुरु

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक सुरु भएको छ ।
बैठकले एमसीसी टेबल गर्न कार्यसूची तय गर्ने बताइएको छ। आजै दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ भने सत्ता गठबन्धनमा एमसीसी टेबल गर्नेबारे सहमति भइसकेको छ।
सत्ता गठबन्धनभित्रै विगतमा दुई थरी मत आएपछि लामो समयदेखि उक्त विषयले सदनमा प्रवेश पाउन सकेको थिएन । सत्ता गठबन्धनदलको आज बसेको बैठकमा अमेरीकी सहयोग एमसीसी संसदमा पेस गर्ने सहमति भएसंगै आज १ बजे बस्ने संसद बैठकमा टेबल गर्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसकातर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, संसदीय दलका सचेत पुष्पा भुसाल सहभागी छन्र ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचेतक रेखा शर्मा र नेत्री जयपुरी घर्ती तथा नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेत जीवनराम श्रेष्ठ छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लक्ष्मणलाल कर्ण, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल बैठकमा सहभागी छन् ।

