रुसले बल्ल भन्याे : युक्रेनकाे सीमा क्षेत्रबाट सैनिक फिर्ता हुने क्रम जारी छ


एजेन्सी – रुसले युक्रेनसँगको सीमाबाट आफ्ना सैनिक फिर्ता गर्ने क्रम जारी रहेको दाबी गरेको छ।  शुक्रबार रुसको रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रमा आफूले सैनिक फिर्ता गरिरहेको दाबी गरेको हो। रुसले क्रिमियामा परिचालन गरिएको दस सुखोई–२४ लडाकु विमान पनि अर्को क्षेत्रमा तैनाथ गर्ने तयारी भइरहेको बताएको छ।

रुसले सीमावर्ती क्षेत्रमा सैनिक परिचालन गरेको र जुनसुकै समयमा उसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आरोप पश्चिमा मुलुकले लगाउँदै आएका छन्। रुसले भने अहिले निरन्तर सैनिक फिर्ता ल्याउने काम भइरहेको बताउँदै आएको छ। पश्चिमा मुलुकले भने रुसले सैनिक फिर्ता गरेको कुनै प्रमाण नरहेको बताउँदै आएका छन्।

अमेरिकी सैन्य गठबन्धन नेटोले रुसले सैनिक फिर्ता गर्नुको साटो उल्टो बढाइरहेको आरोप लगाएको छ।युक्रेनले भने आगामी दिनमा तनाव बढ्ने सम्भावना निकै कम रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया