
धिताेपत्र बाेर्डकाे अध्यक्षमा रमेशकुमार हमाल नियुक्त
काठमाडाैं – सरकारले नेपाल धितोपत्र बोर्ड (सेबाेन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले धनगढी घर भएका हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले हमाललाई नियुुक्त गरेको हो ।
सर्वोत्तम सिमेन्टकाे आईपीओमा चलखेल गरेर आफ्नो शेयर लगानी गरेर विवादमा आएका भीष्मकुमार ढुंगानालाई सरकारले हटाएपछि चार महिनादेखि धितोपत्र बोर्ड अध्यक्षविहीन थियो ।



कागजपत्र |
