एमसिसी संसद्‌मा पेश भएपछि एमाले र माओवादी पक्षमा उभिनेछन् : गगन थापा


काठमाडौं – कांग्रेसले एमसिसी परियोजना प्रस्ताव संसद्‌मा पेश गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको बैठकले एमसिसी परियोजना संसद्‌मा पेश गर्ने र एमाले र माओवादी यसको पक्षमा उभिन्छन् भन्ने विश्वास बैठकले लिएको जानकारी दिए।

सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले एमसिसीबारे नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको अघिल्लो सरकारले संसद्‌मा दर्ता गराएको प्रस्तावको स्मरण गर्दै ओली सरकारले दर्ता गरेको एमसिसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावबारे प्रतिपक्षमै हुँदा पनि कांग्रेसले निर्णय लिइसकेको बताए।

‘आजको बैठकले त्यो प्रस्ताव संसद्‌बाट पारित हुनुपर्ने निर्णय गरेको छ’, थापाले भने। नयाँबानेश्वरस्थित संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि कांग्रेसका नेताहरूले एमसिसी पास गर्नुपर्ने जोड दिएका छन्।

पूर्वअर्थमन्त्री डा.रामशरण महतले एमसिसी पास गर्न ढिला गर्न नहुने तर्क पेश गरेका छन् भने नेतृ सुजाता कोइरालाले अनुदान लिन्नँ भन्नु हास्यास्पद भएकोले अन्तरराष्ट्रिय सम्बन्ध राम्रो बनाइराख्न एमसिसी संसद्‌बाट पास गर्नुपर्ने धारणा राखेकी थिइन्।

प्रतिक्रिया